Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

स्वास्थ्य निर्देशनालय

सपही, धनुषा, नेपाल

मधेश प्रदेश सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

स्वास्थ्य निर्देशनालय

सपही, धनुषा, नेपाल

अनलाइन आवेदन व्यवस्थापन प्रणाली


ग्लोवल फण्डको सहयोगमा कोभिड रेस्पोन्स परियोजना (C19RM) अन्र्तगत, कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रण गर्दै आपतकालिन सेवा तथा एम्बुलेन्स सञ्चालन व्यवस्थापनका लािग प्रादेशिक प्रेषण केन्द्र सञ्चालन गर्न, साथै क्षयरोग, औलो तथा एच आई भि संक्रमितको पहिचान तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउन, मधेश प्रदेशका निर्धारित स्थानहरुमा कामकाज गर्ने गरि कर्मचारीहरु करार सेवामा पद पुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अनलाइन मार्फत दरखास्त आह्वान गरिन्छ ।

पुरा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोला 

आवेदन फाराम भर्नु पुर्व निम्न विवरण तथा कागजातहरु तयार गर्नुहोला:

  •  व्यक्तिगत विवरण
  • शैक्षिक योग्यता तथा नागरिकताको प्रमाणित प्रतिलिपि
  • तालिम तथा अनुभवको प्रमाण पत्र
  • प्रचलित कानुन बमोजिम सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी
  • फोटो 

अनलाइन आवेदन कसरि गर्ने?

  • सर्वप्रथम दायाँ भागमा रहेको फाराममा आफ्नो विवरण भर्नुहोला र अन्तिममा रहेको "दर्ता गर्नुहोस्"/Register बटनमा क्लिक गर्नुहोला
  • त्यसपछि यहाँ Verify गर्ने फारममा पुग्नुहुन्छ, आफ्नो SMS मा भएको Verification Code प्रयोग गरि तल देखिए बमोजिम Verify Mobile No बटनमा क्लिक गर्नुहोला 
    • सिमित समयको लागि Verification Code, SMS मा नभई सोहि स्क्रिन मा देख्न सक्नु हुन्छ। 
  • उक्त विवरण भरे पश्चात यहाँहरु थप व्यक्तिगत विवरण भर्ने नयाँ फाराममा पुग्नुहुन्छ । सो फारममा मागिएक सम्पूर्ण विवरण राम्रोसंग भर्नुहोला र अन्तिममा रहेको Save बटनमा क्लिक गर्नुहोला
    व्यक्तिगत विवरण भर्ने क्रममा यहाहरुले विभिन्न आवस्यक फाइल हरु समेत भर्नुपर्ने हुन्छ।  सो फाइल हरुअपलोड गर्दा  एकै शिर्षक अन्तर्गत एक भन्दा बादी फाइल अपलोड गर्नु परेको खण्डमा Choose File बटन मा क्लिक गरि सो शिर्षक संग सम्बन्धित सबै तस्बिर/फाइलहरु चयन गरि समाबेस गर्न सक्नु हुन्छ।  जस्तो कि नागरिकता को अगाडीको भाग एउटा फाइल मा छ अनि पछाडिको भाग अर्को फाइल मा छ भने Citizenship Copy अन्तर्गतको Choose File बटनमा क्लिक गरि अगाडी पछाडीको दुवै फाइल चयन गर्नुहोला 
  • यो कार्य सम्पन्न भए पश्चात यहाँले करार सेवाको लागि माग गरिएको पद तथा अन्य विवरण देख्नुहुन्छ, सो मध्ये आफुले आवदेन दिन खोजेको पदको दायाँ भागमा भएको "अवदेन गर्नुहोस" बटनमा क्लिक गर्नुहोला
  • यसपछि देखिने फाराममा मागिएको विवरण भरि "आवदेन गर्नुहोस्" बटनमा क्लिक गर्नुहोला
  • यसपछि यहाँको आवेदन समिक्षा गरि सर्टलिस्ट गरिनेछ 
पछिल्लो अपडेट गरिएको : 2080-12-06 17:35:49
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers